नेफ्टा अध्यक्षमा पुष्कर लामा निर्विरोध

चलचित्र प्राविधिक संघ (नेफ्टा) अध्यक्षमा पुष्कर लामा दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् । मंगलबार राजधानीमा सम्पन्न साधारण सभाले उनलाई पुनः नेतृत्वमा चुनेको हो ।

कोषाध्यक्षमा पनि गीता पौडेल दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भइन् । अध्यक्ष पदका अर्का दाबेदार शंकर पाण्डेले उम्मेदवारी फिर्ता लिएपछि लामालाई निर्विरोध चुनिने बाटो खुलेको हो ।




उपाध्यक्षमा विनोद लामा र अर्जुन पोखरेल निर्वाचित भए । महासचिवमा शालिग्राम दुलाल र सचिवमा दिव्यराज सुवेदीले बाजी मारे ।

सदस्यमा रामेश्वर कार्की, पिताम्बर पाण्डे, शोभा श्रेष्ठ, नवराज उप्रेती, देवराज गुरुङ, कृष्णबहादुर थापा, खालिद खान, दुर्गाप्रसाद पौडेल, सरोज बुढाथोकी, कमल मिश्र र माधव थपलिया निर्वाचित भए । सर्वाधिक मत चाहिँ यसपटक सदस्य पदका उम्मेदवार नवराज उप्रेतीले १ सय ७५ ल्याए ।

अध्यक्ष पदमा लामाबाहेक अरु कसैको पनि उम्मेदवारी दर्ता नभएपछि उनी निर्विरोध चुनिएका हुन् । लामाले सुरुदेखि नै खुलारुपमा उम्मेदवारी दाबी गर्दै आइरहेका थिए ।
Powered by Blogger.