‘वीर विक्रम २’ इन्डकल्याप : क्रिउ फर्कियो काठमाण्डौं

मिलन चाम्स निर्देशित ‘वीर विक्रम २’ छायांकन इन्ड–कल्याप भएको छ । क्रिउ मुस्ताङबाट शनिबार काठमाडौं फर्किएको छ ।
‘एकदिनको लागि उपल्लो मुस्ताङमा क्लाइमेक्स सुटिङ बाँकी छ । बाँकी सबै सुट इन्ड–कल्याप भयो’ निर्देशक एवं निर्माता चाम्सले मूभिमान्डुसँग भने, ‘३५ दिनको सुटिङमा फिल्म सकियो ।

तल्लो मुस्ताङको लेते, टीटीलेक, कुञ्जो, चोयो र मुक्तिनाथमा फिल्म छायांकन भएको थियो । ‘माइनस १० डिग्री सेल्सियसमा फिल्म छायांकन गर्नु निकै कठिन रह्यो । चिसोले गर्दा एकदिनको प्रोक्सी फाइल बनाउन १० दिन लाग्यो’ उनले भने ।
वर्षा शिवाकोटी, पल शाह र नाजिर हुसेनको मुख्य भूमिका रहेको फिल्मलाई चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आइको ब्यानरमा निर्माण गरिएको हो ।

यसपटक पनि निर्माता चाम्सले प्राविधिकलाई पुरस्कारसहित सम्मान गरेका छन् । यसपटक उत्कृष्ट प्राविधिक अवार्ड ड्रेसम्यान नवीन डीसीले जिते । उनले नगद २१ हजार प्राप्त गरे । चाम्सले आफ्ना प्रत्येक फिल्ममा प्राविधिकलाई सम्मान गर्दै आएका छन् ।
Powered by Blogger.