‘इन्टुमिन्टु लन्डनमा’ बक्सअफिस : २ सातामा ४ करोड

धीरज मगर र साम्राज्ञी शाह स्टारर फिल्म ‘इन्टुमिन्टु लन्डनमा’ले दुई सातामा प्रभावशाली व्यापार गरेको छ । रेनशा बान्तवा राई निर्देशित फिल्मले नेरु ४ करोड ३० लाख ग्रस कारोबार गरेको निर्माण कम्पनी आइकोर फिल्मसले जनाएको छ ।

स्वदेशको सफलतापछि फिल्मलाई विदेशबाट समेत माग हुन थालेको छ । निर्माताले यतिबेला दुई दर्जन देशमा प्रदर्शन निश्चित गरेका छन् । निर्माता प्रज्वल राणाले अमेरिका, युरोप र एसियाली मुलुकमा धमाधम प्रदर्शन अधिकार विक्री भैरहेको जानकारी दिए ।
तेस्रो सातामा फिल्मको व्यापार ड्रप भएको छ ।
Powered by Blogger.