कलाकार संघ अध्यक्ष बोगटीको दुर्घटनामा निधन

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको मंगलबार दुर्घटनामा निधन भएको छ । निवास टीकाथली नजिक रुख काट्दै गर्दा बिजुलीको पोल ढलेर उनी किचिएको प्रहरीले जनाएको छ । 




उपचारका क्रममा ललितपुरस्थित बीएन्डबी अस्पताल लैजाँदै गर्दा उनको निधन भएको हो । अस्पताल लगे लगत्तै चिकित्सकले उनलाई मृतक घोषणा गरेका थिए ।

५८ वर्षिय बोगटीको शवलाई शल्यचिकित्साका लागि पाटन अस्पताल लगिएको छ । अभिनेता एवं फिल्म निर्माता समेत रहेका बोगटी चलचित्र कलाकार संघका वर्तमान अध्यक्ष समेत हुन् । 
Powered by Blogger.