बादशाह जुट : ‘काफल पाक्यो’ गीतमा प्रियंका–सुशिल फिचर्ड

सुशिल श्रेष्ठ र प्रियंका कार्की फिचर्ड गीत ‘काफल पाक्यो’ लन्च भएको छ । राजधानीमा सोमबार आयोजित समारोहमा फिल्म ‘बादशाह जुट’ले गीत सार्वजनिक गरेको हो । 






गीतमा प्रियंका सुशिल र आमिर गौतमसँग फिचर्ड छिन् । कृष्ण भारद्धाज संगीतबद्ध गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर समावेश छ । डीपी खनाल शब्द र विक्रम स्वाँरको नृत्य निर्देशन छ ।

जोनीसिंह राणा निर्देशित फिल्मलाई हर्कबहादुर कुवँर र भोजराज श्रेष्ठले निर्माण गरेका हुन् । पुस १३ गते फिल्म रिलिज हुँदैछ । हेर्नूस गीत :


Powered by Blogger.