‘छक्का पञ्जा ३’ : दुई दिने ग्रस कलेक्सन

‘छक्का पञ्जा ३’ ले दुई दिनमै २ करोड मार्क गरेको छ । घरेलु बक्सअफिसमा दोस्रो दिन फिल्मले ७५ नेरु ग्रस कमाउन सक्यो । १ करोड २५ लाख ओपनिङ गरेको फिल्मको दुई दिने कूल ग्रस कमाइ २ करोड नेरु ग्रस हुन आउँछ । 

फिल्मले घटस्थापनाको दिन नन–होलिडे फिल्मको रुपमा प्रदर्शन थालनी गरेको थियो । नम्बर हेर्दा फिल्मको दोस्रो दिने कमाइ ओपनिङभन्दा झन्डै आधाले घटेको छ । विहिबार पनि नम्बर करिब उस्तै अनुपातमा हुने देखिन्छ ।



तर, लम्बिएको सप्ताहन्त शुक्रबार र शनिबार फिल्मको कमाइमा उछाल आउने देखिन्छ । शुक्रबारै, ‘जय भोले’ समेत प्रदर्शन हुँदैछ । बलिउड फिल्म ‘नमस्ते इङ्ल्यान्ड’ रिलिज नहुने पक्का भयो ।

सामुदायिक विद्यालयमा हुने राजनीतिक हस्तक्षेप र त्यसले सिर्जना गर्ने सामाजिक विश्रृंखलता फिल्मको कथावस्तु हो । क्रिटिक्स र मुलधारे दर्शकले समेत तेस्रो फ्रेन्चाइजलाई रुचाएका छन् ।

दीपाश्री निरौला निर्देशित मल्टिस्टारर फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाइँ, अनुराग कुवँर, नीर शाह, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, शिवहरि पौडेल, किरण केसीको अभिनय छ । 
Powered by Blogger.