‘चंगा चेट’ ट्रेलर लन्च : यस्तो छ ‘लुट’ र ‘पशुपति प्रसाद’ निर्माताको टीमअप

‘लुट’ र ‘पशुपति प्रसाद’ फेम्ड निर्माता ‘चंगा चेट’ निर्माणमा एक भए । टीमअपले धेरैलाई आशा जगायो । यही मल्टिस्टारर फिल्म ‘चंगाचेट’ ट्रेलर लन्च भएको छ । आइतबार राजधानीमा आयोजित प्रेसमिटमा मेकर्जले ट्रेलर रिलिज गरे ।




निर्माता माधव वाग्लेले फिल्म रिलिज नहुँदै सिक्वेल घोषणा गरे । उनले सिक्वेलको नाम ‘लुट चंगा लुट’ हुने समेत जनाए । ‘तर, एकअर्कामा समानता हुनेछैन’ उनले भने, ‘सबैमा नयाँ स्वाद हुनेछ ।’

निर्देशक दीपेन्द्र के. खनालले आफ्ना लागि प्रत्येक फिल्म नयाँ हुने बताए । ‘म सिक्वेलमा उति विश्वास गर्दिन’ खनालले भने, ‘मेरा लागि हरेक फिल्म नयाँ जस्तै लाग्छन् ।’

ब्रेकअपपछि पहिलो फिल्म गरेका आयुष्मान जोशी र परमिता राणा समेत प्रेसमिटमा सँगै थिए । निर्देशकका अनुसार ट्रेलरमा समसामयिक कथावस्तु समावेश गरिएको छ ।

प्रियंका कार्की, सन्दीप क्षेत्री, माओत्से गुरुङ, रविन्द्र झा, सुरक्षा पन्त, अर्पण थापा, बेनिशा हमाल, ऋचा शर्मा, शिशिर बाङदेल, पुष्कर गुरुङ, सरित गिरीको समेत मुख्य भूमिका छ ।

वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेको फिल्म प्रिन्सेस मूभिज ब्यानरमा निर्माण भएको हो । आगामी १६ कात्तिकमा फिल्म रिलिज हुँदैछ ।


Powered by Blogger.