‘न यता न उता’ गीत ‘चोलीको तुना’ लन्च : ऋचा शर्मा–छुल्ठिम गुरुङ फिचर्ड

ऋचा शर्मा र छुल्ठिम गुरुङ फिचर्ड गीत ‘चोलीको तुना’ रिलिज भएको छ । गीत रोमान्टिक ड्रामा फिल्म ‘न यता न उता’मा समावेश छ । निर्माताले दशैंको छेकोमा विहिबार गीत सार्वजनिक गरे । 

मिलन जलन र राजन इशानद्धारा संगीतबद्ध गीतलाई एकनारायण भण्डारीले लेखेका हुन् । मिलन अमात्य, राजनराज शिवाकोटी र मिना सिंहले स्वर दिएका छन् ।



रोमान्टिक स्वादको गीतलाई विक्रम स्वाँरले नृत्य निर्देशन गरेका हुन् । फिल्ममा ऋचा, छुल्ठिमसहित समीरमणी दीक्षित र मिराज रोशनको मुख्य भूमिका छ ।

बुद्धि तामाङ, रविन्द्र झा, राजाराम पौडेल, कमलमणी नेपाल, नम्रता सापकोटा र सिलसिला जिरेल समेत छन् । तन्त्रालय फिल्म र हाइलाइट्स नेपालले निर्माण गरेको फिल्मलाई मिराज रोश र विशारद बस्नेतले संयुक्तरुपमा निर्देशन गरेका हुन् ।


Powered by Blogger.