‘छक्का पञ्जा ३’ भर्सेस ‘क्रेजी रिच एसियन्स’ : बक्सअफिस

एप्पल इन्टरटेनमेन्टले प्रतीक्षित हलिउड फिल्म ‘क्रेजी रिच एसियन्स’को नेपाल रिलिज मिति घोषणा गरेको छ । आगामी मंगलबार फिल्म प्रदर्शन हुने जानकारी कम्पनीले दिएको छ । 





त्यसको भोलिपल्ट बुधबार ‘छक्का पञ्जा ३’ रिलिज हुँदैछ । सम्भवतः भीडन्तबाट जोगिन एप्पलले फिल्मलाई एकदिन अगाडि रिलिज गर्न लागेको हो जसको प्रभाव फिल्मको व्यापारमा देखिन सक्छ ।

लामो समयको अन्यौलपछि अन्ततः हलिउडको रोमान्टिक कमेडी फिल्म नेपालमा देखाइन लागेको हो । विश्वसहित उत्तर अमेरिकी बक्सअफिसमा फिल्मको व्यापारमा रेकर्ड छ ।

Powered by Blogger.