प्रदीप–जसिता स्टारर ‘लभ स्टेसन’ फस्टलुक तस्विर

प्रदीप खड्का र जसिता गुरुङ पुनः जोडी बनेर प्रस्तुत हुँदै गरेको फिल्म ‘लभ स्टेशन’को आधा छायाँकन सकिएको छ । ११ असोजदेखि दर्जिलिङमा छायाँकन सुरु भएको छ ।

निर्माता गोबिन्द शाहीले छायाँकन स्थितिबारे भने, ‘हामीले दुई गीतसहित ५० प्रतिशत छायाँकन सकेका छौं । तोकिएको समय ३५ दिनमै छायाँकन सकेर हामी तिहार अघि नै काठमाडौं फर्कन्छौं ।




फिल्म ‘लभ स्टेशन’मा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना सहितको अभिनय छ ।

निर्देशन उज्ज्वल घिमिरेले गरेका हुन् । फिल्मभित्र ‘लभ स्टेसन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले बताए । कथाअनुसार प्रदीप र जसिताको जोडी सुहाएको पनि उनले बताए ।




अभिनेता खड्काले पारिवारिक प्रेमकथामा आधारित भएकाले बिगतको सिनेमाभन्दा पृथक फिल्म बन्ने बताए । प्रस्तुतकर्ता गोविन्द शाही हुन् । काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । 

दार्जिलिङ र कालिम्पोङसहित सिक्किम, फिक्कल लगायतका स्थानमा सुटिङ गरिने छ । आलोक शुक्लाको छायाँकन रहेको फिल्ममा शम्भुजित बाँसकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत छ । 
Powered by Blogger.