परमिता राणाको इन्गेजमेन्ट, ब्वाइफ्रेन्डले बर्थडेमै लगाइदिए औंठी

२५ औं बर्थडे परमिता राणाका लागि खास रह्यो । यी एक्ट्रेसले प्रेमी हिसी लोसाङबाट इन्गेजमेन्ट रिङ प्राप्त गरिन् । लोसाङले बर्थडे ब्यासकै पार्टीमा परमितालाई औंठी लगाइदिए ।




परमिताका लागि रिङ सरप्राइज थियो । उनले हाँस्दै औंठी प्रस्ताव स्वीकारिन् । पार्टी रोमाञ्चक बन्यो । एक वर्षदेखि अफेयरमा रहेको यो जोडी परमिता बर्थडेको आकर्षण बन्यो ।



A post shared by Paramita Tania Parker Rana🏳️‍🌈 (@paramita_pam) on



इन्गेजमेन्ट रिङ लगाइदिएको क्षणलाई परमिताले फेसबुक लाइभमार्फत विश्वभर प्रसार गरिदिइन् । पछिल्लो समय ब्याक टु ब्याक फिल्म गरिरहेकी बालाका लागि यो स्मरणीय अवसर समेत बन्यो । 
Powered by Blogger.