‘छक्का पञ्जा ३’ ओपनिङ आक्रामक : जान्नूस पहिलो दिने कमाइ

‘छक्का पञ्जा ३’ नन–होलिडे रिलिजको रुपमा आक्रामक ओपनिङ थालेको छ । २ सय पर्दाबाट रिलिज भएको फिल्मले पहिलो दिन बुधबार नेरु १ करोड २५ लाख ग्रस कारोबार गर्न सक्यो । 

काठमाडौंबाट ६० लाख र मोफसलबाट ६५ लाख ग्रस तेस्रो श्रृंखलाका लागि लोभलाग्दो कमाइ हो । पहिलो दिने अकुपेन्सी ७० देखि ९० प्रतिशत सम्मको अनुपातमा रह्यो ।




सामुदायिक विद्यालयमा हुने राजनीतिक हस्तक्षेप र त्यसले सिर्जना गर्ने सामाजिक विश्रृंखलता फिल्मको कथावस्तु हो । क्रिटिक्स र मुलधारे दर्शकले समेत तेस्रो फ्रेन्चाइजलाई रुचाएका छन् ।

दीपाश्री निरौला निर्देशित मल्टिस्टारर फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाइँ, अनुराग कुवँर, नीर शाह, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, शिवहरि पौडेल, किरण केसीको अभिनय छ । 
Powered by Blogger.