फ्राइडे रिलिज : टम हार्डीको ‘भेनम’माथि नेपाली मल्टिप्लेक्सको आँखा

शुक्रबार नेपाली बक्सअफिसमा हलिउड वर्चस्व हुनसक्छ । टम हार्डी स्टारर सुपरहिरो फिल्म ‘भेनम’ नेपाली मल्टिप्लेक्समा रिलिज हुँदैछ । 




‘छक्का पञ्जा ३’ रिलिज हुन साता बाँकी रहेको र ‘इन्टु मिन्टु लन्डनमा’ तेस्रो साता प्रस्थानको ट्रान्जिटमा ‘भेनम’ रिलिज हुन लागेको हो । ‘द रेभिनेन्ट’ र ‘म्याड म्याक्स फ्युरी रोड’पछि हार्डीको फिल्म नेपाली फिल्म हलमा लाग्न लागेको हो ।

रुबेन फेइस्चर निर्देशित मार्भल फिल्मले मिश्रित समिक्षा प्राप्त गरेको छ यद्यपी नेपाली मल्टिप्लेक्स दर्शकको रोजाइमा पर्न सक्छ । मिचेल विलियम्स र उडी ह्यारेलसनको समेत मुख्य भूमिका छ ।

आयुष्मान खुराना स्टारर ‘अन्धाधुन’ पनि रिलिज हुनेछ । मुख्य पात्रको दृष्टि क्षमतामाथि बुनिएको फिल्मलाई थ्रीलर जानरामा राखिएको छ । राधिका अप्टे र तब्बु समेत मुख्य भूमिकामा छन् । श्रीराम राघवन फिल्मका निर्देशक हुन् ।

शुक्रबारै सिंगल स्क्रिनमा नेपाली फिल्म ‘निर्जला’ समेत रिलिज हुँदैछ । 
Powered by Blogger.