प्रियंका-आयुष्मान स्टारर ‘प्रेमदिवस’ बन्ने

योगेश घिमिरेको निर्देशन र सञ्जय न्यौपानेमाको निर्माणमा तयार हुने फिल्म हो ‘प्रेम दिवस’ । बुधबार राजधानीको मैतीदेवी मन्दिरमा घटस्थापनाको अवसर पारेर स्कृप्ट र क्ल्याप पुजा गर्दै शुभमुर्हत गरियो ।

मुर्हतमा निर्देशक योगेश घिमिरे निर्माता सञ्जय न्यौपाने, डेव्यु अभिनेता विशाल खरेल, पटकथा लेखक प्रदीप भारद्धाजको उपस्थीती रहेको थियो ।
कार्तिक ८ गतेका दिन झापाबाट छायांकन सुरु गरिने फिल्ममा प्रिंयका कार्की, आयुष्मान देशराज जोशी, विशाल खरेल लगायतका कलाकार को मुख्य भुमिका रहने छ । अमेरिकामा बस्दै आएका विशालले प्रेम दिवसबाट नेपाली फिल्ममा डेव्यु गर्न लागेका हुन् ।
बसन्त सापकोटा, दीपक शर्मा र महाराज थापाको संगीत, हरि लामाको छायांकन रहनेछ । म्युजिकल लभस्टोरी फिल्मको कथा प्रदिप भारद्धाजले लेखेका हुन् ।
Powered by Blogger.