नकिम उद्दिन प्रधानमन्त्रीको अध्यक्षतामा गठित उद्योग वाणिज्य प्रवद्र्धन परिषद सदस्यमा नियुक्त

क्यूएफएक्स प्रमुख नकिम उद्दिन प्रधानमन्त्रीको अध्यक्षतामा गठन भएको उद्योग वाणिज्य प्रवद्र्धन संवाद परिषद सदस्यमा नियुक्त भएका छन् । परिषदमा सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीसहित ४ मन्त्रीहरु हुनेछन् । 

१६ जना स्वतन्त्र व्यवसायीमध्ये उद्दिन चुनिएका हुन् । सिनेमा उद्योगको तर्फबाट उनलाई चुनिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।




सरकार र नीजि क्षेत्रबीच अन्तरक्रिया, समन्वय र साझेदारी प्रवद्र्धन गर्दै लगानीका अवसरको पहिचान गर्ने, लगानी प्रवद्र्धन गर्ने, उत्पादकत्व वृद्धि गर्ने, रोजगारी सिर्जना तथा आय वृद्धि गर्ने, समृद्ध नेपाल एवं सुखी नेपालीको अभियानलाई पूर्णता दिने उद्देश्यले मन्त्रीपरिषदले भदौ ५ गते परिषद गठन गरेको थियो ।

चलचित्र संघका निवर्तमान अध्यक्ष समेत रहेका उद्दिन क्यूएफएक्स संचालक संस्था क्वेस्ट इन्टरटेनमेन्ट प्रमुख समेत हुन् ।

Powered by Blogger.