कंगना स्टारर ‘मनिकर्निका’ टीजर लन्च

कंगना रनावत स्टारर ‘मनिकर्निका : द क्वीन अफ झाँसी’ टीजर लन्च भएको छ । झाँसीकी रानी लक्ष्मीबाइको जीवनमाथि बनेको फिल्म टीजरमा कंगनालाई लडाकु भूमिकामा देख्न सकिन्छ । 





सन् १८५७ मा बेलायती उपनिवेशविरुद्ध संघर्ष गरेको रुपमा उनलाई देख्न सकिन्छ । बेलायती झन्डा चिरेर उनलाई टीजरमा प्रस्तुत गरिएको छ भने बच्चाको मृत्यु हुँदा समेत उनी युद्ध मैदानमा संघर्षरत छिन् ।

जनवरी २५ मा फिल्म रिलिज हुँदैछ ।


Powered by Blogger.