'रामकहानी'लाई पहिलो सप्ताहन्त १.१० करोड ग्रस

सुदर्शन थापा निर्देशित हरर कमेडी ड्रामा 'रामकहानी'ले बक्सअफिसमा सुखद सुरुवात गरेको छ । हलिउडका 'द नन्' र प्रदीप खड्का स्टारर 'रोज'कै रिलिज प्रतिस्पर्धामा यो फिल्म माथि देखिएको हो । 




मल्टिप्लेक्समा 'द नन्को ग्राफ उच्च भएपनि देशव्यापी 'रामकहानी' शीर्षस्थानमा छ । वितरक सुनिल मानन्धरका अनुसार पूजा शर्मा र आकाश श्रेष्ठ स्टारर फिल्मले पहिलो सप्ताहन्त १ करोड १० लाख रुपैयाँ ग्रस कमाएको छ ।

मल्टिप्लेक्ससहित मोफसलका एकल पर्दामा समेत फिल्मको कलेक्सन माथि छ । कतिपय स्टेसनमा गोपिकृष्ण मूभिजको रोज र रामकहानीबीच प्रतिस्पर्धा छ । वर्ड अफ माउथका कारण रामकहानी विकडेजमा पनि अघि बढ्न सक्छ ।

Powered by Blogger.