बाँध मायाले : सृष्टि–आर्यन फिचर्ड डान्सिङ नम्बर रिलिज

फिल्म 'बाँध मायाले'को नयाँ डान्सिङ नम्वर रिलिज भएको छ । अर्जुन पोखरेलका शब्द र लोकराज अधिकारीको शब्द रहेको आउने जाने बोलको गीतमा दुर्गा खरेल, ध्रुव विस्को र सुरेश लामाको स्वर छ । भिडियो हेर्नुस् :





रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा  आर्यन अधिकारी, सृष्टि श्रेष्ठ, राजाराम पौडेल लगायतले नृत्य गरेका छन् । गीत रिलिजसँगै निर्माण पक्षले कभर डान्स प्रतियोगिताको पनि घोषणा गरेको छ ।

एकलाख रुपैयाँ पुरस्कार घोषणा गरिएको कभर डान्स असोज ५ गतेसम्म हुनेछ । रिजल्ट भने असोज ८ गते आउने निर्देशक तथा निर्माता सविर श्रेष्ठले बताए ।



सविर श्रेष्ठ निर्देशित फिल्म असोज ५ गते रिलिज हुँदैछ । रामहरी धिताल र विभिषिका श्रेष्ठ निर्माता रहेको फिल्ममा महेन्द्र अधिकारी सह निर्माताको रुपमा छन् । कार्यकारी निर्माता केदार धिताल हुन् ।

Powered by Blogger.