‘इन्टु मिन्टु लन्डनमा’ पोस्टर : पात्र पोस्टरमा खुलाइयो स्क्वाड

आगामी असोज ५ गते रिलिज हुने रोमान्टिक ड्रामा 'इन्टु मिन्टु लन्डनमा'ले दुई नयाँ पोस्टर आउट गरेको छ । पहिलो पोस्टरमा मुख्य पात्र साम्राज्ञी शाह र धीरज मगरको रोमान्टिक फिचर्ड छ । 




दोस्रो पोस्टरमा अर्जुनजंग शाही, विजय लामा, सारुक ताम्राकार, दिलभुषण पाठक र रुवि राणालाई चित्रण गरिएको छ । यसलाई पात्र पोस्टर पनि भन्न सकिन्छ ।




रेनशा बान्तवा राई निर्देशित फिल्मको पुरै छायांकन बेलायतमा गरिएको हो । बेलायती गोर्खा सैनिकको एक पुत्र र कुटनीतिक परिवारकी एक पुत्रीबीचको प्रेम सम्बन्ध फिल्मको थिम हो । आइकोर फिल्मस ब्यानरमा प्रोजेक्ट निर्माण भएको हो । 
Powered by Blogger.