फिल्म 'डोली' गीत रिलिज : हेर्नूस किशोर–पृथ्वीको ठुम्का

फिल्म 'डोली'को पहिलो गीत ‘झ्यानाकुटी झ्याई’ सार्वजानिक भएको छ । लोक स्वादमा तयार भएको गीतमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई,प्रिया रिजाल,सानिया खान तथा संगिता नापित फिचर्ड छन् ।

मंसिर २८ गतेलाई रिलिज डेट तय गरिएको छ । समसामयिक बिषयमा निर्माण गरिएको फिल्ममा राजबहादुर सानेको लेखन तथा निर्देशन छ ।




गीतमा हरि उप्रेतीको शब्द छ भने संगीत विजय अधिकारीले दिएका छन् । स्वरमा अधिकारीले मेलिना राईसँग टीमअप गरेका छन् । श्रीकृष्ण परियारको नृत्य रहेको गीतले छोटो समयमा नै दर्शकको मन जित्नेमा निर्माण पक्ष विश्वस्त देखिएको छ । फिल्ममा अर्जुन गुरुड, नविन रेग्मी, हिमवाला गौतम,दामोदर खतिवडा,प्रशान्त भण्डारी तथा सतिश खत्रिको पनि अभिनय रहेको छ ।

भिडियो :



Powered by Blogger.