'छक्का पञ्जा ३' गीत उमेर ढल्किन्छ रिलिज : भिडियो

‘छक्का पञ्जा ३’को दोस्रो गीत ‘पछि उमेर ढल्किन्छ...’ रिलिज भएको छ । मल्टिस्टारर फिल्मको पहिलो गीतले भिडियो साझेदारी साइट युटयुवमा करोड भ्यूज प्राप्त गरेको थियो ।




दीपिका प्रसाइँ, दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङ गीतमा फिचर्ड छन् । निशान भट्टराई र एन्जिला रेग्मीको स्वर रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् ।

कविराज गहतराजको नृत्य निर्देशन र पुरुषोत्तम प्रधानको छायांकन छ । नवलपरासीको शास्वत धाममा फिल्मांकन गरिएको हो गीत । कमेडी एवं सोसल ड्रामा फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । दशैंमा फिल्म रिलिज हुँदैछ ।

हेर्नूस गीत :


Powered by Blogger.