‘जय भोले’ रिलिज डेट घोषणा : ‘छक्का पञ्जा ३’सँग नजुध्ने

अन्ततः ‘जय भोले’ले औपचारिक रिलिज मितिको घोषणा गरेको छ । रिलिज मितिसहितका पोस्टर समेत सार्वजनिक भएका छन् । 







‘छक्का पञ्जा ३’सँग जुध्ने आंकलनका बीच घोषणा गरिएको रिलिज डेटले धेरैलाई चकित तुल्याएको छ । अशोक शर्मा निर्देशित ‘जय भोले’ अब ‘छक्का पञ्जा ३’सँग जुध्ने छैन ।

असोज ३० गते फूलपातिमा जय भोले रिलिज हुनेछ । छक्का पञ्जा ३ प्रदर्शनको सातापछि फिल्म लाग्नेछ । मल्टिस्टारर फिल्म ‘जय भोले’ ट्रेलरका कारण हाइपमा छ ।

Powered by Blogger.