फ्राइडे रिलिज : ‘क्रेजी रिच एसियन्स’ अन्यौलमा, ‘इन्टुमिन्टु’माथि सबैको आँखा

शुक्रबार चार रिलिज हुने तयारीमा छन् । नेपालको ‘इन्टु–मिन्टु लन्डनमा’, ‘बाँध मायाले’, बलिउडको ‘बत्ती गुल मिटर चालु’ प्रदर्शन हुनेछन् । 




भारतीय सेन्सर बोर्डले गरेको ढिलाइले गर्दा हलिउड फिल्म ‘क्रेजी रिच एसियन्स’ रिलिजमा अन्यौल छ ।

नेपाली दर्शकमाझ ‘इन्टु–मिन्टु लन्डनमा’ प्रतीक्षित छ । कास्ट र ट्रेलरले निर्माण गरेको हाइपको प्रभाव मल्टिप्लेक्सको बुकिङ र निर्धारण गरिएको सोजमा देखिएको छ ।

साम्राज्ञी शाह र धीरज मगरको व्यक्तित्व प्रभाव फिल्ममा देखिन सक्छ । शुक्रबार नै पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ स्टारर ‘बाँध मायाले’ समेत रिलिज त हुनेछ तर हलले कम सोज उपलब्ध गराएका छन् ।

हलिउड सुपरहिट फिल्म ‘क्रेजी रिच एसियन्स’को सेन्सर भारतमा ढिलो हुँदा नेपाली हलमा समय रिलिज अन्यौलमा छ । एप्पल इन्टरटेनमेन्टले शनिबार समेत रिलिज हुनसक्ने जनाएको छ । 
Powered by Blogger.