इन्टुमिन्टु लन्डनमा : पाँच दिनमा ३.४० करोड ग्रस

‘इन्टु–मिन्टु लन्डनमा’ले पाँच दिनमा ३ करोड ४० लाख नेरु ग्रस आम्दानी गरेको छ । मुलुकका सय पर्दाबाट फिल्मले उक्त कमाइ गरेको निर्माण कम्पनी आइकोर फिल्मसले जनाएको छ ।

निर्माताले सफलताको खुशि बाँड्न बुधबार प्रेसमिट नै आयोजना गरे जहाँ केक समेत चखाइयो । निर्माता प्रज्वल राणा, निर्देशक रेनशा राई, अभिनेताद्धय धीरज मगर र सारुक ताम्राकारले केक काटेर दर्शक एवं मिडियालाई धन्यवाद दिए ।



समारोहमा उपस्थित नभएकी अभिनेत्री साम्राज्ञी शाहलाई मिस गरिएको बताउँदै निर्देशक राईले उनको मिहेनतको चर्चा गरिन् । डेब्यु ब्वाइ मगरले दर्शकलाई धन्यवाद दिँदै प्राप्त माया र साथले आगामी दिनमा लागिपर्न ऊर्जा मिलेको बताए ।

निर्माता प्रज्वल राणाले दोस्रो सातामा पनि व्यापार बढ्नेमा आशावादी रहेको बताए । ‘यो लेभलको फिल्म निर्माण गर्नुपर्ने चुनौति र दायित्व थपिएको महसुस गरेका छौं’ राणाले भने, ‘अर्को फिल्मलाई पनि यस्तै बेन्चमार्कको रुपमा खडा गर्नेछौं ।’




इन्टुमिन्टु लन्डनमा सय पर्दामा प्रदर्शन भैरहेको छ । विदेशमा समेत उच्च माग रहेको बताउँदै निर्माताले नेटफिल्क्समा रिलिज गर्ने बारे छलफल भैरहेको जानकारी दिए ।
Powered by Blogger.