नेपालद्धारा बलिउड अभिनेत्री जया प्रदालाई पर्यटन दूत नियुक्त

सरकारले भारतीय अभिनेत्री जया प्रदालाई पर्यटन दूतको रुपमा नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै पूर्व भारतीय सांसद समेत रहेकी प्रदालाई सद्भावना दूतको रुपमा नियुक्त गरेको जनाएको हो । 




गत सेप्टेम्बर २१ को मन्त्रीस्तरिय निर्णयबाट उनलाई नियुक्त गरिएको उल्लेख छ । निर्णयले नेपाल र भारतबीच पर्यटन विकासमा अझै टेवा पुग्ने अपेक्षा लिइएको छ ।

नेपाल सरकारले वर्ष २०२० लाई भ्रमण वर्षको रुपमा घोषणा गरेको छ । उक्त वर्ष २० लाख पर्यटक भित्राउने लक्ष्य सरकारको छ । यस निर्णयले भारतीय पर्यटकको संख्यामा बढोत्तरी हुने विश्वास छ ।





दुई फिल्मफेयर अवार्ड जितिसकेकी अभिनेत्रीले प्रदा हिन्दीसहित तेलगु, तामिल, कन्नाडा, मलायम र बंगाली फिल्ममा अभिनय गरेकी छन्् । उनी उत्तर प्रदेशको राष्ट्रिय लोक दलबाट सांसद समेत हुन् । 
Powered by Blogger.