प्रेमीसँग सुस्मिताको टीकाटालो, भ्यालेन्टाइन डेमा हुँदैछ विहे

अभिनेत्री एवं निर्मात्री सुस्मिता केसी (बम्जन)ले आफ्ना अष्ट्रेलियाली प्रेमीसँग टीकाटालो गरेकी छन् । छोरा एवं अभिनेता अनमोल केसीकै सहमतिमा इन्गेजमेन्ट भएको बुझिएको छ । 

गत सेप्टेम्बर ९ मा दक्षिण भारतीय मूलका अष्ट्रेलियाली नागरिक किलन स्वामीसँग उनले इन्गेजमेन्ट गरेकी हुन् । आगामी भ्यालेन्टाइन डेमा फिजीमा विहे गर्ने योजना छ । स्वामी अष्ट्रेलियास्थित एक ग्याँस व्यापारी हुन् जो डिभोर्सी हुन् । उनका तीन सन्तान छन् ।



सन् २००१ मा अभिनेता भुवन केसीसँग सम्बन्ध विच्छेद भएपछि सुस्मिता एकल थिइन् । भुवनसँग वैवाहिक जीवन चल्दै गर्दा उनले करोडपति, नेपाली बाबु, सुपरस्टार लगायतमा अभिनय गरेकी छन् । यता भुवन भने अभिनेत्री जिया केसीसँग लिभ–इन टुुगेदरमा छन् । 
Powered by Blogger.