रजनीकान्त–अक्षय कुमार स्टारर ‘२.०’ टीजर रिलिज

रजनीकान्त र अक्षय कुमार स्टारर बहुप्रतीक्षित बलिउड फिल्म '२.०' को टीजर रिलिज भएको छ । भीएफएक्स र एनिमेसनको भरपुर प्रयोग गरिएको फिल्मलाई एस शंकरले निर्देशन गरेका हुन् । 





हलिउड फिल्म म्यागजिन भेराइटीका अनुसार २.० मा भीएफएक्स खर्च मात्र ७५ मिलियन अमेरिकी डलर (५ करोड भारु) पुगेको छ । विश्वभरका ३ सयभन्दा बढी प्राविधिक भीएफएक्समा संलग्न रहेको बताइएको छ ।

तामिल, तलेगु र हिन्दीसँगै विश्वका १२ भाषामा फिल्म रिलिज हुने भएको छ । अमेजन प्राइमले डिजिटल राइट खरिद गरेको छ । टीजरमा प्रविधि दुरुपयोगविरुद्ध रोबोटको परिचालनको द्धन्द्ध समावेश छ ।



Powered by Blogger.