लभस्टोरी ‘अनुग्रह’ कात्तिक १६ मा देशभर रिलिज हुँदै

रोमान्टिक फिल्म ‘अनुग्रह’ले रिलिज मिति घोषणा गरेको छ । आगामी कात्तिक १६ गते फिल्म प्रदर्शन हुने भएको छ । फिल्मको अंग्रेजी नाम ‘द ग्रेस’ राखिएको छ ।

कुमार केसी निर्देशित फिल्ममा तन्नेरी प्रेमकथा समेटिएको छ । जोनिसा सेन्चुरीले निर्माण गरेको फिल्ममा रोहन सेन्चुरी, आरती गुप्ता, सञ्जय न्यौपाने, राजन गिरी, दीपशिखा सिलवालको मुख्य भूमिका छ ।




विक्रम डीसीको छायांकन, कुमार सिलवालको निर्माण नियन्त्रण, तारा थापाको सम्पादन, नवीन सुब्बाको संगीत फिल्ममा छ । लक्ष्मी वैंकटेस सिने मेकर्स र अनुग्रह फिल्मसको ब्यानरमा निर्माण भएको हो ।

युवा पुस्ता लक्षित फिल्ममा बाल कलाकार क्रिस्टिना सेन्चुरीको समेत भूमिका छ । रोमान्स, द्धन्द्ध, इमोसन र सामाजिक मुद्दा समेत समेटिएको फिल्मलाई सबै उमेर समूहका दर्शकले रुचाउने जनाइएको छ ।
Powered by Blogger.