‘बादशाह जुट’ अंग्रेजी नयाँवर्षमा रिलिज हुने

फिल्म 'बादशाह जुट'को छायांकन सकिएको छ । ललितपुर श्रीकाली चौरमा गीत खिचिएसँगै फिल्म सुटिङ सकिएको हो । निर्देशक जोनीसिंह राणाले एउटा गीतबाहेक फिल्मको सबै सुट सकिएको जनाए ।

फिल्म पुस १३ गते देशव्यापी रिलिज हुने भएको छ । अंग्रेजी नयाँवर्ष २०१९ छेको पारेर फिल्म प्रदर्शन गर्न लागिएको हो । दुई राजा र शक्ति संघर्षको कथावस्तुमाथि फिल्म बन्न लागेको हो ।





फिल्ममा सुशिल श्रेष्ठ, रविन तामाङ, रोशी खड्का, रस्मी पाण्डे लगायतको मुख्य अभिनय छ । अभिनेत्री प्रियंका कार्कीको केमियो अपिरिएन्स छ । एचएन्डबी फिल्मस र गोल्डेन ग्रेप्स फिल्मसको ब्यानरमा निर्माण भएको हो । 
Powered by Blogger.