‘छिरिङ’ गीत ‘ए कान्छा...’ रिलिज : हेर्नूस भिडियो

कालजयी गायिका अरुणा लामालाई पुनः स्वरांकन गर्दा कस्तो सुनिएला ? धेरैलाई उनको चर्चित गीत ‘ए कान्छा...’ मन परेको हुनुपर्छ । यही गीतलाई दशकौंपछि पुनःरेकर्ड गरिएको छ । 

यशकुमार र निमा रुम्बा स्टारर फिल्म ‘छिरिङ’ले लामा र रुद्र गुरुङको उक्त चर्चित गीतलाई पुनः रेकर्ड गर्दै रिलिज गरेको छ । सुनिता थिगिमले यशकुमारसँग मिलेर गीत गाएकी छन् ।

अम्बर गुरुङ र यशको कम्पोज रहेको गीतमा कविराज गहतराजको नृत्य निर्देशन छ । यश र कामना भुजेल फिचर्ड छन् । बहुपतिप्रथामाथि बनेको फिल्म असोज १२ गते देशव्यापी रिलिज हुने तयारीमा छ ।

हेर्नूस भिडियो :



Powered by Blogger.