प्रदीप खड्का हेमराज विसीका नयाँ हिरो

‘होस्टेल’देखि हेमराज विसीले जन्माए अनमोल केसी । ‘जेरी’, ‘गाजलु’मा दुईको टीमअप सुपरहिट रह्यो । अनमोलसँग हेमराज सम्बन्ध अनस्क्रिन–अफस्क्रिन दुबैमा महत्वपूर्ण छ । अनमोल मूलधारका डार्लिङ एक्टर र हेमराज निर्देशक । 



तर, स्थिती ज्यामितिय गणितको सूत्रजस्तै उल्टिएको छ । उनै हेमराजले यतिबेला अनमोलका प्रतिस्पर्धी एक्टर प्रदीप खड्कालाई आफ्नो नयाँ फिल्ममा हिरो लिएका छन् । यसैसाता खड्काले हेमराजले निर्देशन गर्ने रोम–कम फिल्म साइन्ड गरे ।

फ्रान्समा सुटिङ हुने फिल्मलाई हेमराजकै अहिलेको फिल्म ‘ब्रेकअप’ टीमले निर्माण गर्दैैछ । हेमराजकै अनुसार फिमेल लिडमा साम्राज्ञी शाह हुने सम्भावना छ । ‘साम्राज्ञीलाई लिन हामीले चरण –चरणमा कुरा गरिरहेका छौं’ उनले भने, ‘हामी आशावादी छौं ।’

अहिले छायांकन भैरहेको ‘लभ स्टेसन’पछि प्रदीप हेमराजकै फिल्ममा व्यस्त हुने जनाइएको छ । 
Powered by Blogger.