डिभोर्सपछि फिल्ममा फर्किइन एन्जेलिना, 'द केप्ट'मा अनुबन्धित

एन्जेलिना जोलीका प्रशंसकका लागि खुशिको खबर ! यी डिभा बदलाको कथामाथि बन्ने ‘द केप्ट’मा अनुबन्धित भएकी छन् । जेम्स स्कटद्धारा लिखित सन् २०१४ को सोही नामको उपन्यासमाथि फिल्म बन्न लागेको हो । 



ब्राड पिटसँग डिभोर्सपछि जोली फिल्ममा फर्किएकी हुन् । उनी यसकी निर्मात्री समेत हुनेछिन् । ब्यानर कम्पनी इन्पेरिटिभ इन्टरटेनमेन्टको सहकार्यमा जोलीले फिल्म निर्माण गर्न लागेकी हुन् ।

सन् १९८७ को न्यूयोर्कमा आफ्ना पति र चार सन्तानको हत्यापछि फर्किएकी महिलाले यथार्थ पत्ता लगाउन गरेको संघर्ष यसको कथावस्तु हो । जोलीले फिल्मको मुख्य भूमिकामा अभिनय गरेकी छन् । 
Powered by Blogger.