'छक्का पञ्जा ३' को बिदेश राइट करोडमा बिक्यो

माग र आपूर्तिको नियम यसपटक ‘छक्का पञ्जा ३’मा लागु हुनसक्छ । माग बढेसँगै आपूर्ति बढ्ने अर्थशाष्त्रीय नियम यसपटक देखियो । फिल्मले विदेश प्रदर्शन अधिकार नेरु १ करोडमा हाइलाइट्स नेपाललाई विक्री गरिदिएको छ । 




निर्माता दीपकराज गिरीका अनुसार यसपटक हाइलाइट्सले फिल्मको युट्युव राइट भने प्राप्त गर्नेछैन । निर्माता दुईवर्षपछि फिल्मलाई भिडियो साझेदारी साइटमा रिलिज गर्ने तयारीमा छन् ।

‘हामीले उक्त मूल्यमा फरिन राइट विक्री गरेका छौं’ गिरीले  भने, ‘तर, युट्युव राइट हामीसँगै सुरक्षित गरेका छौं ।’ छक्का पञ्जाको तेस्रो सिरिज हो र अघिल्ला दुबै बक्सअफिसमा हिट भएका छन् ।

दीपाश्री निरौला निर्देशित फिल्म आउँदो दशैंमा नेपाल रिलिज हुँदैछ । हाइलाइट्स नेपालले भने अनुकूलताअनुसार फिल्मलाई विदेशमा प्रदर्शन गर्ने तयारी थालेको छ । यसपटक कम्पनी प्रतिलिपि अधिकारमा पनि सचेत देखिएको छ ।  
Powered by Blogger.