नेसनल टुरमा निस्कियो 'इन्टु मिन्टु लन्डनमा'

असोज ५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ मोफसल टुरका क्रममा इटहरी पुगेको छ । सिनेमा रिलिज मिति नजिकिएसँगै निर्माण टिम प्रसारमा तिव्र लागि रहेको छ । फिल्मले इटहरीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।

प्रेसमिटमा अभिनेत्री साम्राज्ञी शाहको फ्यान भेटिए । जस मध्येकी एक इटहरीमा ‘पेस्को मेकअप स्टुडियो’ सञ्चालन गर्दै आइरहेकी मनिता तामाङले साम्राज्ञी र टिमलाई मायाको चिनो बोकेर पत्रकार भेटघाट कार्यक्रम पुगेकी थिइन् ।
सार्वजनिक संगीत र ट्रेलरबाट चर्चामा रहेको फिल्मलाई मोफसलका दर्शकबाट पाएको प्रतिक्रियाले फिल्म सफल हुनेमा विश्वास बढेका निर्देशक रेनेशा वान्तवा राईले बताइन् । कथाभन्दा पनि मेकिङमा मेहनत गरेको उनको भनाई छ ।
डेव्यु अभिनेता धिरज मगरले पनि पूर्वी नेपाल पहिलो पटक आएको बताए । पोखरा, काठमाडौं धेरै पटक घुमेको भएपनि पहिलो पटक ‘इन्टु मिन्टु लण्डनमा’ निर्माण टिमले नेपाल टुर गराएकोमा निर्देशक र टिमलाई धन्यबाद दिए । आफूले ‘इन्टु मिन्टु लन्डनमा’बाट चर्चा पाउने नसोचेको भन्दै सफलताले आगामी दिनमा मेहनत गर्नुपर्ने चुनौती थपिएको सुनाए ।
कोरियोग्राफरको रुपमा चिनिएकी राईले निर्देशनमा डेव्यु गर्दैछिन् । आइकोर फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमालाई प्रभुशमसेर जबरा र प्रज्वलशमसेर जबराले निर्माण गरेका हुन् । साम्रज्ञी शाह, धिरज मगर, शारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, रुबी राणा लगायतको मुख्य भुमिका छ ।
Powered by Blogger.