‘मालिका’ ट्रेलर : एक्सन प्याक्ड ट्रेलरमा रेखा बनिन् ‘मेन्टर’

रेखा थापा स्टारर ‘मालिका’ ट्रेलर लन्च भएको छ । २ मिनेट २७ सेकेन्ड लामो ट्रेलरमा थापालाई मेन्टर भूमिकामा देख्न सकिन्छ । ट्रेलरले महिला हिंसाविरुद्धको कथा पेश गर्छ ।

एक्सन प्याक्ड ट्रेलरमा डेब्यु गर्ल कमला ओलीको मेन्टरको भूमिकामा रेखा प्रस्तुत भएकी छन् । प्रशस्तै ट्वीस्ट एन्ड टन्र्ज समावेश ट्रेलरमा बलात्कारविरुद्ध पनि आवाज उरालिएको छ ।
शिवम अधिकारीको पटकथालाई रेखा स्वयमले निर्देशन गरेकी हुन् । हिम्मतवालीपछि उनको यो दोस्रो निर्देशकीय भेन्चर हो । कात्तिक १६ (नोभेम्बर २)मा फिल्म रिलिज हुँदैछ । हेर्नूस ट्रेलर :

Powered by Blogger.