प्रसाद : लिरिकल सांगीतिक भिडियो ‘लै लै’ रिलिज

फिल्म ‘प्रसाद’को ‘लै लै’ बोलको गीतको लिरिकल भिडियोसहित फस्टलुक सार्वजनिक भएको छ । युट्युवमार्फत् सार्वजनिक भिडियोमा फिल्मका दृश्य समेटिएका छन् । 

दृश्यमा मुख्य कलाकार विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत अटाएका छन् । निःसन्तान दम्पत्ति बीचको माया र सम्बन्धको कथा भन्ने प्रसादमा विपिन र नम्रताले दम्पत्तिको भुमिका खेलेका छन् । भिडियोमा विपिनलाई दर्जीको भूमिकामा देख्न सकिन्छ ।






केतन क्षत्रीले गाएको ‘लै लै’बोलको गीत गणेश शाहीले लेखेका हुन् भने संगीत सुवाष भुषालले दिएका छन् । एरेन्ज उदयराज पौडेलले गरेका हुन् । निर्देशक दिनेश राउतले फिल्मको पुरा मर्मलाई ‘लै लै’ बोलको गीतले समेट्ने भएकोले नै फस्टलुकसहित गीतलाई सार्वजनिक गरिएको बताए ।

सुवास थापाको निर्माण रहेको ‘प्रसाद’को पटकथा तथा संवाद पत्रकार सुशील पौडेलले तयार पारेका हुन् ।  फिल्म मंसिर २१देखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।


Powered by Blogger.