अस्कर अवार्डले माग्यो नेपाली फिल्म

अस्कर अवार्डले विदेशी भाषी विधातर्फ फिल्म आह्वान गरेको छ । अस्करको नेपालस्थित फिल्म छनौट समितिले एक विज्ञप्ती जारी गर्दै इच्छुकलाई फिल्म समावेश गर्न आह्वान गरेको हो । 





विज्ञप्तीमा फिल्म समावेश गर्नुका मापदण्ड समेत उल्लेख छ । भदौ २९ गतेसम्म इच्छुक निर्माताले फिल्म छनौट समितिको सचिवालयमा बुझाउन सक्ने भएका छन् ।




सन् २०१९ को फेव्रअरी २४ तारिखमा अमेरिकाको लस एन्जल्स सहरमा ९१ औं एकेडेमी अवार्ड (द अस्कर) आयोजना हुँदैछ । 
Powered by Blogger.