‘तान्द्रो’ जाला अस्करमा ? भिडियोमा हेर्नूस फिल्म समिक्षा

साम्तेन भुटिया निर्देशित ‘तान्द्रो’लाई यसवर्ष नेपालबाट अस्करको विदेशी भाषी फिल्ममा सिफारिस हुने प्रतिस्पर्धीको रुपमा हेरिएको छ । यसका लागि उसले 'पञ्चायत' र 'माइ लभ'को चुनौतिलाई पन्छाउनुपर्नेछ । 




घाइते अवस्थामा छाडिएका तत्कालिन विद्रोही माओवादीको सांस्कृतिक विभागका एक सदस्य गंगाबहादुर लामाले बाँच्नका लागि गरेको संघर्ष फिल्मको कथावस्तु हो । दयाहाङ राई मुख्य भूमिकामा छन् । फिल्मलाई मिश्रित समिक्षा प्राप्त भएको थियो ।

बायोपिक फिल्म भएपनि खासगरि छायांकन र सम्पादनको पक्षलाई क्रिटिक्सले रुचाएका छन् । व्यवसायिक सफलता हासिल नगरेपनि गम्भिर दर्शकले भने यसलाई रुचाए । तान्द्रो छानिने सम्भावना बलियो भएपनि यसका लागि आगामी साता कुर्नुपर्नेछ ।


Powered by Blogger.