यी हुन् अनमोल केसीकी नयाँ हिरोइन, 'ब्याचलर बन्टी'ले भेटायो नायिका

मोडलिङ पृष्ठभूमिकी उकुसा गिरी अनमोल केसी स्टारर फिल्म ब्याचलर बन्टीकी फिमेल लिडको रुपमा अनुबन्धित भएकी छन् । निर्माताले एक विज्ञप्ती जारी गर्दै गिरी प्रोजेक्टमा आबद्ध भएको जानकारी दिए । 

मिस एसिया नेपालमा बेस्ट पर्सनालिटी र मिस एसियामा ब्युटीफुल आइज विधासहित मिस एसिया २०१७ को उपाधी जितेकी गिरीको यो डेब्यु फिल्म हुनेछ । निर्देशक एवं निर्माता मिलन चाम्स र सुदीप खड्कासँग उनले फिल्म साइन्ड गरिन् ।







गिरीले अनमोलसँग अनस्क्रिन रोमान्स गर्नेछिन् । दशैं लगत्तै छायांकन सुरु हुने फिल्मलाई युरोपमा सुट गरिनेछ । फिल्मलाई कमेडी र लभस्टोरी जनरमा राखिएको छ । 
Powered by Blogger.