‘प्रेमगीत ३’ मा प्रदीप खड्का नहुने सम्भावना, हिरो खोज्दै निर्माता

‘प्रेमगीत’ सिरिजको फ्यानलाई तीन नयाँ खबर छ : १) रिलिज मिति २) सम्भावित कास्ट र ३) कथावस्तु । निर्माताले यसबारे केही खुलासा गरेका छन्, तर आकार लिन केही समय प्रतिक्षा गर्नैपर्छ । 

वर्ष २०१९ मा निर्माण हुने र रिलिज गर्ने तयारीमा छ निर्माण कम्पनी आसुसेन फिल्मस । यसवर्ष रिलिज भएको ‘मेरी मामु’ले बक्सअफिसमा आफूलाई अब्बल तुल्याउन सकेन, यद्यपी निर्माता ‘प्रेमगीत ३’ बाट यसलाई उल्टाउने पक्षमा छन् ।



तेस्रो सिरिजमा प्रदीप खड्काको भविष्यलाई लिएर आकार स्पष्ट भैसकेको छैन । यद्यपी, संकेतहरु खड्काको विकल्पको लागि खुला छन् । निर्माता र अभिनेताबीचको सम्बन्धलाई लिएर यस्ता गसिप चलेका थिए । निर्माता सन्तोष सेनले खुलेरै यसबारे टिप्पणी गरेनन् ।

खड्का अभिनित पछिल्ला सबै फिल्म बक्सअफिसमा असफल छन् । सुरक्षित अवतरणका लागि पनि उनीसामु प्रेमगीत ३ गर्नैपर्ने मनोवैज्ञानिक दबाब सिर्जना हुनसक्छ । यद्यपी, उनले पनि यसबारे केही बोलेका छैनन् । यसपटक कथावस्तुको संरचना त एउटै हुनेछ तर, भिन्न भूगोलबीच ।

निर्माता सेन यात्रा र प्रेममाथि फिल्म बनाउन चाहन्छन् । यसका लागि उनी भुटान र नेपालको शरणार्थीको कारण सिर्जित राष्ट्रियता र प्रेमलाई कथावस्तु बनाउन चाहन्छन् । तर, यसबारे दर्शकले वर्ष २०१९ नै कुर्नुपर्नेछ । 
Powered by Blogger.