'छक्का पञ्जा ३' ट्रेलर रिलिज, असोज २४ मा प्रदर्शन

'छक्का पञ्जा ३'ले ट्रेलर रिलिजसँगै प्रदर्शन मिति घोषणा गरेको छ । असोज २४ घटस्थापनामा फिल्म रिलिज हुने जनाइएको छ । 





३ मिनेट लामो ट्रेलरअनुसार फिल्मको मुख्य कथावस्तु राजनीतिले सामुदायिक विद्यालयमा पारेको असर दर्शाइएको छ । सम्बन्ध र पारिवारिक ड्रामालाई कमेडीमा ढालिएको छ ।

दीपकराज गिरी, दीपिका प्रसाइँ, बुद्धि तामाङ, केदार घिमिरे, जितु नेपाल लगायत ट्रेलरमा फिचर्ड छन् । दीपाश्री निरौला निर्देशित फिल्मलाई आमा सरस्वती मूभिजको ब्यानरमा निर्माण गरिएको हो ।

हेर्नूस ट्रेलर :


Powered by Blogger.