‘इन्टु–मिन्टु लन्डनमा’ युट्युव रिलिज नहुने, यस्तो छ कारण

वर्ष २०७५ को हिट फिल्म ‘इन्टुमिन्टु लन्डनमा’ युट्युव रिलिज नहुने भएको छ । निर्माण कम्पनी आइकोर फिल्मसका अनुसार भिडियो साझेदारी साइट युट्युवमा फिल्म निःशुल्क प्राप्त हुनेछैन । 




पैसा तिरेर हेर्न सकिने इन्टरनेट स्ट्रिमिङ प्लेटफर्म अमेजन प्राइम, नेटफिल्क्स, भिभो लगायतमा फिल्म रिलिज गरिने आइकोर प्रमुख प्रज्वल राणाले जानकारी दिए ।

‘गर्नुपर्ने यही हो तर, हामीकहाँ गलत अभ्यास भैरहेको छ र युट्युवमा फ्रिमा फिल्म देखाइने गरिएको छ’ राणाले भने । शुक्रबारदेखि दोस्रो सातामा प्रदर्शन भैरहेको फिल्म धीरज मगर र साम्राज्ञी शाहको केमेस्ट्री र मध्यमवर्गीय कथावस्तुले समेत चर्चित छ । 
Powered by Blogger.