तीनै फिल्मको ओपनिङ अकुपेन्सी २०% तल : फ्राइडे रिलिज

शुक्रबार रिलिज भएका चारै फिल्मको ओपनिङ अकुपेन्सी न्यूनतम देखिएको छ । कथा काठमाडौं, अनुराग, छिरिङ र सुई धागा : मेड इन इन्डिया शुक्रबारदेखि प्रदर्शनमा आएका थिए । 




मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्ससहित एकल पर्दाहरुले दिएको जानकारी अनुसार चारै फिल्मको अकुपेन्सी २० प्रतिशतभन्दा तल छ । दिवा सोजमा केही बढोत्तरी भएपनि बिहानी सो १० प्रतिशत तल रहे ।

संगीता श्रेष्ठ निर्देशित ‘कथा काठमाडौं’ मल्टिप्लेक्समा रुचाइने अपेक्षा छ । सत्यराज चौलागाइँ निर्देशित ‘अनुराग’ एकल पर्दामा जान सक्छ । यशकुमार र निमा रुम्बा स्टारर ‘छिरिङ’लाई लिएर समेत चर्चा छ ।

अनुष्का शर्मा र वरुण धवन स्टारर ‘सुई धागा : मेड इन इन्डिया’ले समेत कमजोर ओपनिङ गरेको छ । गत साता रिलिज भएको ‘इन्टु–मिन्टु लन्डनमा’ दोस्रो साता प्रवेश गरेको छ ।

Powered by Blogger.