पेरिसमा पुनम फेसन सोज हुँदै

फेसन डिजाइनर तथा फिल्म निर्मात्री पुनम गौतमले आफ्नो डिजाइनमा १२ अन्तराष्ट्रिय मोडललाई पेरिस ¥याम्पमा उतार्ने भएकी छन् । लन्डन र न्यूयोर्कपछि उनी आफ्ना डिजाइनका साथ पेरिसमा प्रस्तुत हुन लागेकी हुन् । 

एसएम ग्लोबलले सेप्टेम्बर १२ मा आयोजना गर्ने ‘क्याट्वाक पेरिस रिभोलुसन’मा पुनमले पश्चिमा पहिरनमा नेपाली डिजाइन मिश्रण गरेर पहिरन प्रस्तुत गर्नेछिन् ।

पुनम गौतम (बायाँ) । 

‘न्यूयोर्क र लन्डनमा नेपाली संस्कृति झल्काउने पहिरनलाई मोडलमार्फत प्रदर्शन गरेको थिएँ । पेरिस सोमा नेपाली संस्कृतिलाई पश्चिमा पहिरनमा फ्युजन गरेर भिन्न किसिमको डिजाइन प्रस्तुत गर्दैछु,’ गौतमले भनिन् ।



सोमा पुनमले फेव्रिकलाई मोन्टाइज गरेका १२ डिजाइन प्रदर्शन गर्दैछिन् । पहिरन विक्रीका लागि स्टल पनि राख्नेछिन् । पेरिसपछि उनले दुबइमा पनि फेशन सो गर्दैछिन् ।

फिल्म ‘अझै पनि’बाट फिल्म निर्माणमा डेब्यु गरेकी उनी चाँडै नै नयाँ फिल्मको घोषणा गर्ने तयारीमा छिन् । 
Powered by Blogger.