फिल्म ‘शान्ति’ रिलिज डेट घोषणा, गीत लन्च

फिल्म ‘शान्ति’ले अफिसियल रिलिज डेट घोषणा गरेको छ । शनिबार राजधानीमा आयोजित प्रेसमिटमा निर्माताले मंसिर १४ गते फिल्म सार्वजनिक हुने जानकारी दिए । 

उक्त अवसरमा दिनेश लिङ्देन निर्देशित फिल्मका दुई गीत ‘बलेसीमा पानी खस्यो’ र ‘पहिलो नजर जुधेपछि’ देखाइयो । यी मध्ये ‘पहिलो नजर जुधेपछि’लाई इन्टरनेट रिलिज गरिएको छ ।




गीत सार्वजनिक गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य नारायण शर्माले माया भएमात्र शान्ति स्थापना हुने तर्क पेश गर्दै फिल्मको उद्देश्य त्यसमा निहित रहेको बताए । ‘माया नभएको ठाउँमा द्धन्द्ध र अन्तरविरोध हुन्छ’ उनले भने, ‘फिल्म र गीतको सन्देश अर्थपूर्ण छ ।’

निर्देशक लिङ्देनले वैदेशिक रोजगारीको यथार्थता, सामाजिक र पारिवारिक अवस्थालाई फिल्ममा चित्रण गरिएको बताए । फिल्ममा सुशिल क्षेत्री, निशा पोमु, सुप्रिया श्रेष्ठ, सञ्जिव थेवे लगायतको मुख्य भूमिका छ ।

सार्वजनिक गीत ‘पहिलो नजर जुधेपछि’मा विकास चौधरीको स्वर एवं संगीत छ । उनले प्रविशा अधिकारीसँग मिलेर गीत गाएका छन् । हरि उप्रेतीले गीत लेखेका हुन् ।

पूर्वमिस लिम्बु निशा पोमु, सञ्जिव र सुप्रिया तीनैजनाको यो पहिलो फिल्म हो । नृत्य जनक कार्की, द्धन्द्ध राजु किराँती र छायांकन ज्ञानु राईको छ । प्रस्तुतकर्ता कविता लिङ्देन, कार्यकारी निर्माता बसन्त थेवे र निर्माता शान्त बखिम थेबे छन् ।

हेर्नूस गीत :


Powered by Blogger.