धीरज मगरको नयाँ फिल्म ‘आइएम ट्वान्टी वान’

‘इन्टु–मिन्टु लन्डनमा’ स्टार धीरज मगर आइकोर फिल्मसको नयाँ प्रोजेक्ट ‘आइएम ट्वान्टी वान’मा अनुबन्धित भएका छन् । फिल्म प्रदर्शनको छैठौं दिनमा आयोजित ‘सक्सेस पार्टी’मा निर्माताले नयाँ फिल्म निर्माण घोषणा गरे ।




रेनशा बान्तवा राईले निर्देशन गर्ने रोमान्टिक कमेडी फिल्मको छायांकन बैशाखदेखि सुरु हुने भएको छ । फिल्ममा धीरजको मुख्य भूमिका हुने र फिमेल लिडको खोजी भैरहेको आइकोर प्रमुख प्रज्वल राणाले बताए । नेपाल र विदेशमा फिल्मांकन हुने जनाइएको छ ।

‘इन्टु–मिन्टु लन्डनमा’ डेब्यु ब्वाइ मगरलाई नै आफ्ना थप दुई फिल्ममा लिने घोषणा कम्पनीले गरिसकेको छ । जसअनुसार उनले सन् २०१९ र २० का दुई प्रोजेक्टमा काम गर्नेछन् ।

‘इन्टु मिन्टु लन्डनमा’ ओपनिङ भव्य भएपछि निर्देशक राईले अभिनेता मगरलाई ६ दिनमै ६ वटा फिल्मको अफर आएको बताइन् । फिल्म निर्माण कम्पनीले मिडियासामु सफलताको केक काटेर खुशि बाँडेको थियो ।
Powered by Blogger.