‘थग्स अफ हिन्दुस्तान’ ट्रेलर लन्च

बहुप्रतीक्षित बलिउड फिल्म ‘थग्स अफ हिन्दोस्तान’को ट्रेलर लन्च भएको छ । अमिताभ बच्चन, आमिर खान, कट्रिना क्याफ, फतिमा साना सेख मुख्य भूमिकामा फिचर्ड छन् ।




तत्कालिन इस्ट इन्डिया कम्पनीबाट भारत स्वतन्त्र हुन हुने संघर्ष फिल्मको कथावस्तु हो । अमिताभलाई एक विद्रोही पात्रको रुपमा देख्न सकिन्छ भने, आमिरलाई धोकेवाज फिरंगी भूमिकामा ।

फिल्ममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका फिजियो डा. पुरन तिरुवा समेत संलग्न छन् । उनलाई यशराज फिल्मसले फिजियोकै रुपमा अनुबन्धन गरेको थियो । ८ नोभेम्बरमा फिल्म रिलिज हुँदैछ । हेर्नूस ट्रेलर :


Powered by Blogger.