बक्सअफिस : रामकहानी शीर्षस्थानमा, तीजको दिनमा उछाल

घरेलु बक्सअफिसमा 'रामकहानी' प्रभावशाली देखिएको छ । तीजको बिदाको दिन बुधबार फिल्मको कमाइमा उछाल देखियो । वितरकका अनुसार छैठौं दिनसम्म सुदर्शन थापा निर्देशित कमेडी ड्रामाले अढाइ करोड (२ करोड ५० लाखे नेरु) कमाइ गर्ने अनुमान छ । 




मंगलबारसम्म १ करोड ८० लाख नेरु ग्रस थियो । तीजको दिनमा सिंगल डे ग्रस मात्र ८० लाख हुने आंकलन मानन्धरले गरे । बुधबारलाई 'रामकहानी'को लागि सर्वाधिक सिंगल डे ग्रस मान्न सकिन्छ । यस दिन प्रायः सबै जसो हल शतप्रतिशत अकुपेन्सी रहे ।

हलिउड फिल्म ‘नन्’ सोचेजस्तो बक्सअफिसमा प्रभावशाली देखिएन । फिल्मले पाँचौ दिनसम्म देशव्यापी २४ लाख नेरु ग्रस मात्र कमाउन सक्यो । कन्ज्युरिङ युनिभर्सको यो फिल्म मल्टिप्लेक्ससहित सीमित पर्दामा मात्र रिलिज भएको थियो ।

प्रदीप खड्का स्टारर क्राइम थ्रीलर ड्रामालाई तीजको बिदामा केही राहत मिलेपनि उसको समग्र कलेक्सन सुखद अवश्य होइन । तर, बुधबार बिदाको दिनमा केही सिंगल थिएटरमा रोज पनि हाउसफूल रह्यो ।

नाइँ नभन्नू ल ५ ले दुई सातामा ४ करोड ग्रस नेरुको आँकडा पार गरेको छ । मल्टिप्लेक्स र एकाध सिंगल स्क्रिनमा अहिले पनि विकास आचार्य निर्देशित फिल्म प्रदर्शनरत छ । 
Powered by Blogger.