प्रदीप खड्का स्टारर ‘लभ स्टेसन’ शुभसाइत, शुक्रबारदेखि भारतमा छायांकन सुरु हुँदै

प्रदीप खड्का–जसिता गुरुङ स्टारर ‘लभ स्टेसन’ शुभसाइत गरिएको छ । पशुपति मन्दिरमा सोमबार बिहान निर्माता, निर्देशक र कलाकारको उपस्थितीमा मुहूर्त गरियो । 

फिल्म छायांकन भारतको दार्जिलिङमा शुक्रबारदेखि सुरु हुने जनाइएको छ । कास्ट एन्ड क्रिउ छायांकनलाई मंगलबार त्यसतर्फ प्रस्थान गर्दैछन् । उज्वल घिमिरेले निर्देशन गर्ने फिल्म दार्जिलिङ, सिक्किममा हुनेछ ।




मिस सिलगुढी श्रद्धा क्षेत्री, निरुता सिंह, सरोज खनाल लगायतको समेत अभिनय हुनेछ । फेमिली ड्रामा फिल्म अरुभन्दा भिन्न रहेको अभिनेता खड्काले बताए । ‘लिलिबिली’ जोडी दोस्रोपटक फिल्ममा देखिएको हो ।




आलोक शुक्लाको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत हुनेछ । काफिया फिल्मसको ब्यानरमा फिल्म बन्न लागेको हो । 
Powered by Blogger.