‘इन्टु–मिन्टु लन्डनमा’लाई दुई दिनमै २ करोड

धीरज मगर–साम्राज्ञी शाह स्टारर रोमान्टिक ड्रामा ‘इन्टु–मिन्टु लन्डनमा’ले घरेलु बक्सअफिसमा आक्रामक व्यापार गरेको छ । निर्माण कम्पनीले पेश गरेको दुई दिने कमाइ समकालिन नेपाली फिल्मको व्यापारमा लोभलाग्दो गणित हो । 



निर्माता कम्पनी आइकोर फिल्मसका अनुसार फिल्मले दुई दिनमा नेरु २ करोड ग्रस कमाइ गरेको छ । आइकोर प्रमुख प्रज्वल राणाका अनुसार फिल्मको कूल कमाइ काठमाडौंभन्दा मोफसलमा सर्वाधिक छ । यो तथ्यले मोफसलमा फैलँदो फिल्मको बजार आयतनलाई चित्रण गर्छ ।

शुक्रबार : ५५ लाख (मोफसल)
२५ लाख (काठमाडौं)

शनिबार : ८० लाख (मोफसल)
४० लाख (काठमाडौं) 

रेनशा बान्तवा राई निर्देशित फिल्मलाई दुई दिनमा १८ देखि २४ वर्ष उमेर समूहका दर्शकले हेरेको विवरणमा उल्लेख छ । दर्शकमध्ये ६० प्रतिशत केटी र महिला छन् । १ सय ४ पर्दाबाट उक्त कमाइ भएको हो । 
Powered by Blogger.